आफै आत्महत्या गर्न किनेको चक्कुले आमा-बाबु र बहिनिको घाँटी रेटे यी युवकले !

Leaderboard Banner

एजेन्सी- भारतको दिल्लीमा स्थानीय प्रहरीले एकै परिवारका तीन जनाको शव घरबाट बरामद गरेको छ। तीनै व्यक्तिको चक्कु प्रहारबाट भएको बुझिएको छ।

प्रहरीले अनुसन्धानको क्रममा तीनै जनाको हत्या एकै जनाले गरेको पत्ता लगाएको थियो। हत्या खोज्ने क्रममा प्रहरीले हत्या भएका दम्पतिको आफ्नै छोरा सूरजलाई पक्राउ गरेको छ।

पक्राउ परेका सूरजले आफ्नो अपराध स्वीकार पनि गरेका छन्। आफ्नै आमा-बाबा र बहिनीको हत्या गर्न चक्कुको प्रयोग गरेको स्वीकारेका छन्। परिवारबाट धेरै तनाव मात्रै मिल्ने हुँदा उनी हत्या गर्न मजबुर भएको बुझिएको छ।

सूरजले बताए अनुसार उनका पिता रक्सि शेवन गरेर दिनु जस्तो अत्याचार गर्थे। यस्तै आमा र बहिनीको कारणले गर्दा आफूलाई पिताले जहिले पनि यातना दिने गरेको सूरजले प्रहरीलाई बयानमा भनेका छन्।

उनी आफ्नै परिवारसँग दिक्क भएर उनी आत्यहत्या गर्ने तयारीमा रहेका थिए। उनले बुधबार दिउसो आफ्नै ज्यान लिनको लागि किनेर ल्याएको चक्कुले तीनै जनाको हत्या गरेको बयानको क्रममा खुलासा गरेका छन्।

प्रकाशित : बिहिबार, असोज २५, २०७५१४:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

छिमेकिको छोरालाई बाँधेर बलात्कार गर्न खोज्ने महिला पक्राउ ! यस्तो छ उनको कर्तुत !