उल्टी जम्पमै पेनाल्टी गोल ! हेर्नुहोस् दुर्लभ भिडियो !

Leaderboard Banner

एजेन्सी – रुसको विद्यार्थी लिगअन्तर्गत गतसाता भएको खेलमा रुबिन काजानका एक खेलाडीले अविश्वसनीय पेनाल्टी गोल गरेका छन् ।

रुबिन काजानका फरवार्ड नोरिक अब्दालनले उल्टी जम्प हान्दै पेनाल्टी गोल गर्न सफल भएका हुन् । कतिपय विश्वस्तरीय खेलाडीले सामान्य ढंगले समेत पेनाल्टी चुकाउने गरेकोमा नोरिकको यस प्रयासले विश्वभर चर्चा बटुलीरहेको छ । उनको पेनाल्टीसँगै टोलीलेरुबिनले चेबोक्सारीलाई ४-० ले पराजित गर्यो ।

यो उनको पहिलोपटक उल्टीजम्पमा गरेको पेनाल्टी भने हैन । उनले पछिल्लोपटक सन् २०१७ नोभेम्बरमा पनि सोहि प्रकृतिको गोल गरेका थिए । २२ वर्षीय नोरिक रुबिनको दोस्रो श्रेणीको टोलीबाट पनि खेल्दै आएका छन् । उनले सिनियर टोलीमा स्थान पाउलान वा नपाउलान तर उनको यो कलाले सर्वत्र चर्चा भने बटुलेको छ ।

भिडियो हेर्नुहोस् :

प्रकाशित : बिहिबार, असोज २५, २०७५०८:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रोनाल्डोको बलात्कार आरोपमा झुटो कागजपत्र बनाएको खुलासा