वामदेवको टुङ्गो लगाउन ओली र प्रचण्ड आजै पटक-पटक वार्ता गर्ने !

Leaderboard Banner

काठमाडौँ- काठमाडौं क्षेत्र नम्बर ७ बाट वामदेव गौतमलाई पुन निर्वाचन गर्ने, नगर्ने भन्ने विषयमा अझै अन्योल रहेको छ। काठमाडौं क्षेत्रनम्बर ७ बाट निर्वाचित सांसद् रामवीर मानन्धरले मंगलबारनै आफू वामदेवको लागि राजिनामा दिन लागेको बताइसकेका छन्।

यस विषयमा अहिले नेकपाको पार्टी भित्र छलफलको विषय बनेको छ। पार्टी भित्रै पनि यस विषयलाई लिएर दुई पक्ष देखा परेका छन्। एक पक्ष वामदेवलाई पुन निर्वाचनबाट निर्वाचित गर्नु पर्ने बताइरहेका छन् भने अर्को पक्ष यसको विरुद्धमा रहेको बुझिएको छ।

यसै विषयमा छलफल गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टाछुट्टै भेटवार्ता हुँदैछ । साथै अध्यक्षद्धयले वामदेवसँग पनि छुट्टाछुट्टै र संयुक्त वार्ता गर्ने बुझिएको छ।

यस्तै अहिले पार्टी भित्र यस विषयलाई लिएर विभिन्न छलफल र टिकाटिप्पणी भैरहेको छ।

प्रकाशित : बुधबार, असोज २४, २०७५१७:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अहिलेको सरकार पाँच वर्षै चल्छ भन्छन् प्रचण्ड !