वामदेव विरुद्ध पुन निर्वाचनमा कांग्रेसका विश्व प्रकाश शर्मा नउठ्ने !

Leaderboard Banner

काठमाडौँ- काठमाडौं क्षेत्रनम्बर ७ बाट निर्वाचित सांसद् रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर उपनिर्वाचन मार्फत वामदेव गौतमलाई सांसद् बनाउने कुरा चलिरहेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै मानन्धरले आफू वामदेवलाई सांसद् बनाउने हेतूलेनै राजिनामा दिन लागेको बताएका थिए। यससँगै अहिले मानन्धरको विरोध र समर्थन दुबै भैरहेको छ।

काठमाडौं क्षेत्रनम्बर ७मा हुने पुन निर्वाचन भएमा वामदेव विरुद्ध कंग्रेसले पार्टी प्रवक्ता विश्व प्रकाश शर्मामालाई उठाउने सम्भावना रहेको हल्ला पनि चल्न थालेको छ। तर बिगुल न्युजसँग कुरा गर्ने क्रममा विश्व प्रकाश शर्माले आफू पुन निर्वाचनमा उठ्ने हल्ला गलत भएको बताएका छन्।

प्रतिनिधिसभा चुनावमा उनी झापा १ बाट उठेका थिए। तत्कालिन समयमा उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुरेन्द्र कुमार कार्कीसँग २८६३ मतले पराजित भएका थिए।

आफू एकपटक जनताबाट निर्वाचित हुन नसकेको हुँदा जनचाहना विपरित काठमाडौं क्षेत्रनम्बर ७ बाट पुन निर्वाचनमा भाग नलिने बताउँछन्।

प्रकाशित : बुधबार, असोज २४, २०७५१५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विकासमा फड्को मार्न सक्नुपर्छ–मन्त्री महासेठ !