केन्यामा बस दुर्घटना हुँदा ४२ जनाको घटनास्थलमै मृत्यु, मात्रै १० जनाको ज्यान बच्यो !

Leaderboard Banner

नैरोबी, केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताउनुभयो ।

प्रहरीका अनुसार उक्त बस राजधानी नैरोबीबाट पश्चिमी सहर काकामेगातर्फ जाँदै थियो । बसमा ५२ जना यात्रु रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

उक्त बस दुर्घटनाको खास कारण थाहा नभएको केन्या रेडक्रसले जनाएको छ । केन्यामा सडक दुर्घटनामा बर्सेनि करिब तीन हजार मानिसको मृत्यु हुने गरेको छ । डिसेम्बर २०१७ मा पनि बस र ट्रक जुधेर भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : बुधबार, असोज २४, २०७५१२:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बंगलादेशमा १९ जना विरुद्ध मृत्युदण्डको फैसला