गिरिजालाई ३० र माधवलाई १० लाख दिएको खरेलले गरे खुलासा ! के छ पुस्तकमा ?

Leaderboard Banner

काठमाडौँ- पूर्व प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेलले लेखेको आफ्नो संस्मरण पुस्तक ‘अच्युतकृष्ण खरेल’को कारण अहिले बामदेव गौतम तनावमा रहेका छन्।

उनले लेखेको संस्मरणमा ‘आइजीको दोस्रो इनिङ’ शीर्षकमा विभिन्न विषयको खुलासा गरे पछि अहिले बामदेव गौतम तनावमा रहेको बुझिएको छ। तत्कालिन गृहमन्त्री बामदेव गौतमले प्रहरी महानिरिक्षक बन्न २० लाख रकम माग गरेको पुस्तकमा उल्लेख गरेका छन्।

यस्तै तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई पनि रकम बुझाएको खुलासा गरेका छन्। स्थानीय चुनाव आएको हुँदा कोइरालालाई ३० र नेपाललाई १० लाख रकम दिएको उल्लेख गरेका छन् ।

‘दललाई चुनाव खर्च दिनका लागि रकम कहाँबाट ल्याउने भन्ने दोधारमा रहेको थिएँ’, उनको संस्मरणमा उल्लेख छ,‘मैले विश्वास पात्र तत्कालिन एसपी भरत जीसीलाई बोलाएर सुनाएँ । उनले म तयार पार्छु नआत्तिनु भन्दै गएका थिए ।’

खरेलले पुस्तकमा काम गर्न सबै भन्दा अहज प्रधानमन्त्री कोइराला भएको उल्लेख गरेका छन् भने गृहमन्त्रीमा गोविन्दराज जोशीसँग काम गर्न धेरैनै सहज भएको अनुभव उल्लेख गरेका छन्।

प्रकाशित : मङ्गलबार, असोज २३, २०७५१३:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

७० लिटर घरेलु मदिरा नष्ट !