ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु !

Leaderboard Banner

काठमाडौँ- ललितपुरमा एक मोटरसाइकल चालकको मृत्यु भएको जानकारी प्राप्त भएको छ।

मृत्यु हुनेमा सिन्धुली घर भएका १८ वर्षीय निश्चल आचार्य रहेका छन्। उनी ललितपुरको धापाखेलमा बस्दै आएका थिए।

उनी बा ९६ प ४८२९ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए।

ललितपुर महानगरपालिका वडा नं १५ मा रहेको कृषि कार्यलय नजिकै निश्चल सवार मोटरसाइकल बा ५ ख १८९ डीआइसँग ठोक्किएको थियो।

दुर्घटनामा परेका निश्चलको घटनास्थलमै मृत्यु भएको बुझिएको छ। अहिले शव पाटन अस्पतालमा राखिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जानकारी गराएको छ  ।

साथै डीआइका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखेको छ ।

प्रकाशित : मङ्गलबार, असोज २३, २०७५११:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कस्तो छ थारू समुदायमा सिकलसेलको असर ?