यौनकर्मीबाट बच्चा जन्मिए बाबु को हुने ?

Leaderboard Banner

काठमाडौँ : यौनकर्मीले पेसाको क्रममा बच्चा जन्माएमा, एकभन्दा बढीसँग यौनसम्पर्कमा रहेर बच्चा जन्मिएमा, सन्तान गर्भमै छँदा वा पछि बाबुले छाडेर गएमा, नाम थर थाहा भएको, तर ठाउँ ठेगाना थाहा नभएको र हालसम्म जीवित रहेको वा मृत्यु भएको थाहा नभएमा आमाले पतिको पहिचान गर्न नसक्ने र सन्तानले नागरिकता नपाउन सक्ने नागरिकता प्रभावित व्यक्तिहरूको तर्क छ ।

त्यस्तो अवस्थामा बाबुको पहिचान हुन नसक्ने भएकाले स्वघोषणा गर्नुपर्ने, स्पष्टीकरण दिनुपर्ने व्यवस्थाले व्यक्तिको गोपनीयताको हक हनन हुने अधिकारकर्मीहरूको धारणा छ ।

नागरिकता प्रभावित व्यक्तिहरूको सञ्जालकी अध्यक्ष दीप्ति गुरुङले आमाको नामबाट नागरिकता लिन चाहनेलाई प्रशासनका कर्मचारीले सौतेनी व्यवहार देखाउने गरेको बताइन् । यो खबर आज शनिबार प्रकाशित नयाँ पत्रिका राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।

‘वंशजका आधारमा वा अरू साधारण अवस्थामा नागरिकता लिनेहरूभन्दा आमाको नामबाट नागरिकता लिनेहरूलाई अर्कै दृष्टिले हेर्ने र फरक व्यवहार गर्ने प्रवृत्ति छ । आमाले बाबुको पहिचान नभएको भनी स्पष्टीकरणसहित स्वघोषणा गर्नुपर्ने व्यवस्था हटाउनुपर्छ,’ उनले भनिन् ।

आमाले सन्तानलाई नागरिकता दिन नसक्नु कति संवेदनशील विषय हो ?
आमाले आफ्ना सन्तानलाई नागरिकता दिलाउन नसक्नु अत्यन्त संवेदनशील विषय भएको अधिवक्ता मीरा ढुंगानाले बताइन् ।

‘बालमन्दिर, सेल्टरहरूमा हुर्किएका बच्चाको त्यहाँको सिफारिसमा नागरिकता दिने भन्ने व्यवस्था भए पनि सडक बालबालिकालाई कसले नागरिकता दिने, मानिसलाई राज्यविहीन बनाएर राख्नु राम्रो होइन,’ उनले भनिन् ।

प्रकाशित : शनिबार, असोज २०, २०७५०७:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जब राष्ट्रकवि घिमिरेको गीत बोकेर नारायण गोपाल मस्र्याङ्दी गए…