अर्बौको ठेक्कामा भ्रष्टाचार गेरको प्रमाणित भएपछि पप्पु कन्ट्रक्सनका मालिकको सांसद पद चैट !

Leaderboard Banner

काठमाडौँ- विभिन्न ठेक्कामा कन्ट्रक्सनले अर्बौको भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेकोमा छानबिनका क्रममा भ्रष्टाचार गरेको पाइएको छ।

भ्रष्टाचार भएको खुलासा भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अदालतमा मुद्दा दायर गरिएका १२ जनामा कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोपराइटर हरिनारायण रौनियार पनि परेका छन्। प्रोपराइटर हरिनारायण रौनियार संघीय समाजवादी फोरमको तर्फबाट प्रतिनिधिसभा निर्वाचित सांसद रहेका छन्।

भ्रष्टाचार मुद्दा दायर भएपछि उनको सांसद पद स्वतः निलम्बन भएको छ। भ्रष्टाचार प्रमाणित भएर अख्तियारमा मुद्दा परेकाहरु सांसद पदबाट कानुनी रुपमा स्वतः निलम्बन हुने प्रावधान रहेको छ।

निलम्बनमा परेका हरिनारायण रौनियार सहित १२ जना विरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित : शुक्रबार, असोज १९, २०७५१६:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मुकेशको परिवारको चाडपर्व सधैँ खल्लो ! मुकेशलाई किन ‘जिउँदो शहीद’ घोषणा गर्दैन सरकार ?