निर्मला पन्तको विषय अनावश्यक उचालिएको गृहमन्त्रीको आरोप !

Leaderboard Banner

काठमाडौँ- दुई महिना अगाडी कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी बालिका निर्मला पन्तको हत्याकाण्डको विषयमा गृहमन्त्री रामबहादुर थापाले अजिव प्रतिक्रिया दिएका छन्।

उनले निर्मला पन्तको विषयलाई अनावश्यक रुपमा उलाचेलेर राजनीतिकरण गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। बुधबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले घटनाको अनुसन्धानमा सरकारले आफ्नो काम गर्दै आउँदा पनि निर्मला हत्याकाण्डलाई जोडेर अपराधमाथि राजनीतिकरण गरिएको उनले जिकिर गरेका छन्।

‘छानविन गरेर अपरधीलाई कानुनको दायरामा ल्याउने प्रयत्न हुँदा पनि यो विषयलाई उचालिएको छ’ उनले भने ‘यसलाई अनावश्यक रुपमा राजनीतिकरण गरिँदैछ ।’ निर्मला पन्त हत्याकाण्डको छानबिन गर्नको लागि गठित उच्चस्तरीय छानविन समितिले प्रतिवेदन बुझाइसके र प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने थापाले बताए। साथै प्रतिवेदनको आधारमा अनुसन्धान तिब्र पारिएको हुँदा छिट्टै निर्मलाको हत्यारा पक्राउ पर्ने उनको बुझाइ रहेको छ।

देशमा दैनिक जस्तो बलात्कारको घटना घटिरहेको हुँदा बलात्कार नियन्त्रणमा प्रति सरकार लागेको उनको भनाइ रहेको छ। ‘अनुसन्धान नथालेको भए, दोषी बचाउने काम गरेको भए पो सरकारले आफ्नो दायित्व पूरा गरेकौ छैन भन्न मिल्थ्यो’ थापाले भने ‘जसरी विषयलाई उचालिएको छ यसबाट अपराधलाई राजनीतिकरण भएको छ ।’

प्रकाशित : बुधबार, असोज १७, २०७५१२:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

“सरकार र जनताको पहलमा नयाँ अभियान”-गृहमन्त्री थापा