राष्ट्रपतिद्वारा दुःख व्यक्त

Leaderboard Banner

काठमाडौँ, १६ असोज(रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोनेशियाको सुलाबेसी टापुमा गत सोमबार गएको शक्तिशाली भूकम्प त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज इन्डोनेशियाका राष्ट्रपति जोको बिडोडोलाई शोक सन्देश पठाउँदै इन्डोनेशिया सरकार राहत तथा उद्धारमा सफलता हासिल गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । भूकम्प र सुनामीले इन्डोनेशियाको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

प्रकाशित : मङ्गलबार, असोज १६, २०७५२०:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गलत समाचार लेख्नेलाई कारवाही!