खोलामा नुहाउन गएका १९ वर्षीय युवक बेपत्ता

Leaderboard Banner
सांकेतिक तस्विर

मेलम्ची, १६ असोज : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– १ को ब्रह्मायणी नदीमा एक युवक बेपत्ता भएका छन् ।
सोमबार नवलपरासीबाट ढाडे भन्ने स्थानका लागि सिमेन्ट लिई आएको ना५ख ८५०३ नंको ट्रकका सहचालक १९ वर्षीय सूर्य रानालाई नुहाउन जाँदा खोलाले बगाएको हो । निजको खोजी भइरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । बेपत्ता भएका युवक नवलपरासीको गैंँडाकोट नगरपालिका निवासी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, असोज १६, २०७५१८:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पाँच हजार भूकम्प पीडितको गुनासो सङ्कलन