निर्मलाका हत्यारा सार्वजनिकको माग राख्दै कञ्चनपुरमा चर्कियो आन्दोलन: पत्रकारमाथि हातपात!

Leaderboard Banner
सांकेतिक तस्विर

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्कीका १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारा सार्वजनिकको माग राख्दै नेपाली काँग्रेस निकट नेवि संघले मंगलबार आब्हान गरेको बन्दका क्रममा एक पत्रकारलाई कुटपिट गरेको छ ।

सरकारी वकिल कार्यालय कञ्चनपुरमा तोडफोड गर्न पुगेका नेविसंघका नेता कार्यकर्ताले पत्रकार चन्द्रकान्त जोशीमाथी कुटपिट गरेका छन् ।जोशी एसटिएस एव सगरमाथा टेलिभिजन कञ्चनपुरमा समाचारदाताका रुपमा कार्यरत छन्।  जोशीमाथी किन फोटो खिचेको भन्दै नेविसंघका नेता कार्यकर्ताले कुटपिट र गरेका क्यामेरा पनि तोडिदिएका हुन् । साथै  बन्दको अवाज्ञा गरेको नेवि संघले कञ्चनपुरका तीन सरकारी कार्यालयमा गरेका छन् ।

प्रकाशित : मङ्गलबार, असोज १६, २०७५१८:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

खोलामा नुहाउन गएका १९ वर्षीय युवक बेपत्ता