सय वर्षीय राष्ट्रकविको यस्तो छ अन्तिम चाहना [ भिडियो अन्तरबार्ता ]

Leaderboard Banner

काठमाडौँ- लमजुङको मस्र्याङदी गाउँपालिका–६, पुस्तुन बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मिएका राष्ट्रकवि माधव प्रसाद घिमिरे आजबाट १०० वर्ष पुगेका छन्।

आफ्नो जीवनमा कविता र सिर्जनालाई प्रमुख प्राथमिकता दिएर नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएका राष्ट्रकविलाई देशले कहिले पनि नबिर्सिने कुरालाई कसैले नकार्न सक्दैन।

एकबार पाइने जीवनलाई सहि-सदुपयोग गर्नु पर्छ भन्ने राष्ट्रकविको बुझाई छ।

राष्ट्रकवि घिमिरे पुस्तुन गाउँको मात्र होइन, राष्ट्रकै साहित्यिक गहना भएकाले उहाँको कृतित्व र व्यक्तिलाई अन्तर्राष्ट्रियकरण गराउन यो वर्ष उहाँको जन्म शताब्दी वर्ष मनाउने तयारी भएको छ ।

बेलाबेलामा अस्वस्थ्य भए पनि उपचारपछि पनि साहित्यिक कर्ममा आफूलाई सामेल गराउँदै आएका राष्ट्रकवि घिमिरे आफ्नो दुई मुट्ठी सास रहन्जेल आफू दुई पङ्क्ति मात्रै भए पनि कविता कोर्ने शाहस राख्ने गर्छन्।

नेपाली जनताले आफूलाई दिएको मायाको सर्हाना गर्दै उनी सम्पूर्ण नेपालीलाई पनि माया गर्ने बताउँछन्। सय वर्ष पुगेका राष्ट्रकविसँग भलाकुसारी गर्न पुगेको बिगुल न्युजसँग कुरा गर्दै देश प्रति भएको माया पनि दर्साएका थिए।

नेपालमा रहेको प्राकृतिक सम्पदाको सदुपयोग गरेर नेपाल अगाडी बढ्न सक्ने उनले अन्तर्वार्ताको क्रममा बताए। देशमा परापुर्वकाल देखि रहेका कलाकृति, मूर्ति आदि सम्पदाको नेपालले सम्रक्षण गर्न नसकेको प्रति राष्ट्रकविको चिन्ता रहेको छ ।

प्रकाशित : आइतबार, असोज ०७, २०७५१४:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सामाजिक सेवाका क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएका संस्था र व्यक्तिहरुलाई सम्मान !