नेता अनिल शर्माद्वारा नवौ राष्ट्रिय शिन क्योकुशिन कराँते प्रतियोगिता-२०७५ समापन

Leaderboard Banner

काठमाडौँ,  कार्यक्रमको पहिलो दिन माननीय वन तथा वातावरण मन्त्री (पुर्व गृहमन्त्री) शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा समुद्घाटन गरियो भने दोस्रो दिन नेकपाका युव नेता, काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पुर्व विद्यार्थी नेता अनिल शर्माद्वारा समापन गरियो ।  उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै युवा नेता अनिल शर्माले आफू एक कार्यकर्ता रहेकोले खेलकुदको विकासको लागि पहल गर्ने बताउनुभयो । दिव्य ज्ञान माध्यमिक विद्यालयमा समापन भएको प्रतियोगितामा उपत्यका भित्र र बाहिरका गरि कुल २०० प्रतिस्पर्धी खेलाडीहरु सहभागी भएका थिए भने खेल हेर्न हजारौंको भिड देखिएको थियो। महिला र पुरुष गरि १० विधा कै खेलहरु सम्पन्न भएको छ।

पुरुष तर्फको खेलमा ३५ केजी मुनि तौल समुहमा रेश लिम्बु र विनय नगरकोटी तृतीय, सुरेन्द्र गुरुङ द्वितीय र अनिश तामाङ प्रथम भएका छन् । ४० केजी मुनि तौल समुहमा प्रज्वल गुरुङ र दिनेश गुरुङ तृतीय, कृष्ण पाण्डे द्वितीय र सपिल गुरुङ प्रथम भएका छन् । ४५ केजी मुनि तौल समुहमा सुदिप गुरुङ र अनुप थापा तृतीय, करुण वाइवा द्वितीय र रुपलाल चौधरी प्रथम भएका छन्। ५० केजी मुनि तौल समुहमा सुरेस प्रजा र अभिशेक बम्जन तृतीय, अमृत सुनार द्वितीय र श्रवण प्रजा प्रथम भएका छन्। ५५ केजी मुनि तौल समुहमा रबिन्द्र अधिकारी र दिशान तामाङ तृतीय, गोपाल तामाङ द्वितीय र नवीन शेर्पा प्रथम भएका छन्। खुल्ला तौल समुहमा मीन बहादुर मगर र प्रबिन गुरुङ तृतीय, निरज श्रेष्ठ द्वितीय र विष्णु नेपाली प्रथम भएका छन्।

महिला तर्फको खेलमा ४० केजी मुनि तौल समुहमा श्रेया डङ्गोल र समिक्षा थापा तृतीय, रेबिका कुरेल द्वितीय र सर्मिला गुरुङ प्रथम भएका छन्। ४५ केजी मुनि तौल समुहमा अस्मि गुरुङ र सुजिता गौतम तृतीय, रेखा जिम्बा द्वितीय र रजनी भुजेल प्रथम भएका छन्। ५० केजी मुनि तौल समुहमा दीपा श्रेष्ठ र कुम्कुम जयसवाल तृतीय, मिना योन्जन द्वितीय र निर्मला लो प्रथम भएका छन्। खुल्ला तौल समुहमा डोल्मा लामा र हेम कुमारी यादव तृतीय, पृस्किला खत्री द्वितीय र सोनु लामा प्रथम भएका छन्। कार्यक्रममा धेरैको सहयोग रहेको कारण सोचेभन्दा राम्रो भएको आयोजक कमिटीले बताएको छ।
-राजिव खड्का

प्रकाशित : आइतबार, असोज ०७, २०७५०९:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रोनाल्डो युभेन्टसमा पनि चम्किँदै, युभेन्टसको जितमा रोनाल्डोको गोल !