अस्पतालको चरम लापरवाही, ज्युँदो बच्चाको पोष्टमार्टम गर्न लागेपछि स्थिति तनावग्रस्त !

Leaderboard Banner

काठमाडौँ- सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालले ज्युँदो बच्चालाई मृत घोषणा गरेको जानकारी प्राप्त भएको छ। मृत घोषणा गरेर पोष्टमार्टम कक्षमा राखेपछि स्थानीयले अस्पतालमा तोड-फोड गरेका छन्।

उपचारका लागि ल्याइएका १८ महिने बालकलाई सर्पदंशको घटनाको कारण अस्पताल ल्याइएको थियो। सप्तरीको रुपनी गाउँपालिका ६ निवासी अशोक साहका छोरालाई अस्पतालले मृत घोषणा गरेको थियो।

मृत घोषित भैसकेका बालकलाई पोष्टमार्टम कक्षमा राखिएकोमा शनिबार बिहान गाउँका महिलाहरुले बालकलाई हेर्न जाँदा बालकको आँखा खुल्ला भएको देखिएका थिए। साथै मुखबाट थुक पनि निस्किएको देखेपछि घटना सार्वजनिक भएको थियो।

आफन्त र स्थानीयवासीले बिहानै देखि प्रदर्शन गर्दै अस्पतालमा तोडफोड गरेको अस्पतालले बताएको छ। जसको कारण अस्पतालको अवस्था तनावग्रस्त रहेको छ।

अस्पताल तनावग्रस्त हुँदा अन्य बिमारी समेत प्रभावित भएको छ। मृत घोषणा गरिएका बालकलाई सर्पदंश उपचार केन्द्र चोहर्बा सिरहा पठाइएको छ। स्थिति नियन्त्रणमा ल्याउनको लागि प्रहरी पनि परिचालन गरिएको अस्पताल श्रोतले जनाएको छ।

प्रकाशित : शनिबार, असोज ०६, २०७५१८:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ड्युटीमै हुँदा स्याङजामा प्रहरी जवानले आफैंलाई हाने गोलि, आज बिहान मृत्यु !