भोलि उपत्यका बन्द गर्ने विप्लवको घोषणा ! किन निकाल्यो बन्द आह्वान सहितको विज्ञप्ति ?

Leaderboard Banner

काठमाडौँ- सरकारले पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीका विभिन्न नेता साथै कार्यकर्ता गिरफ्तार गरेको भन्दै असोज ७ गते आइतबार उपत्यका बन्द आह्वान गर्दै विज्ञप्ति निकालेको छ।

सरकारले दुई तिहाईको दम्भमा गैरकानुनी तथा गैरन्यायिक तरिकाबाट आफ्नो पार्टीका प्रवक्ता प्रकाण्डलगायत पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ता गिरफ्तारको विरोध गर्दै सरकारले अघोषित रुपमा देशलाई युद्ध क्षेत्र बनाउन खोजेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखेकोमा खेद प्रकट गरेको छ।

देशमा पछिल्लो समय बलात्कारको घटना घटेको भएता पनि सरकारले यस प्रति ध्यान नदिएको कुरामा नेपाल कम्युनिस्ट पार्टीको विरोध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। असोज ७ गते आइतबार उपत्यका बन्दलाई सफल बनाउन शैक्षिक संस्था, उद्धयोग, यातायात क्षेत्र आदिलाई बन्द सफल बनाउन आग्रह गर्दै विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति निकालेको हो।

सरकारले देशलाई बन्द-हड्ताल रहित देश बनाउने भएता पनि यसरी हुने बन्दले जनता माझ डर र त्राशको स्थिति शिर्जना हुने गरेको छ। बन्दको नाममा अराजक कार्य हुन थालेपछि जनता माझ त्राश बढेको छ।

प्रकाशित : शनिबार, असोज ०६, २०७५१६:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एक आनाको २५ लाखसम्म मुअब्जा पाउनु पर्ने स्थानीयको माग !