अश्लील सामाग्रीमा प्रतिबन्ध लगाउँदैमा बलात्कार नघट्ने भीम रावलको तर्क, सरकारलाई दिए सुझाव

Leaderboard Banner
फाइल तस्विर

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वगृहमन्त्री भीमबहादर रावलले अश्लील सामाग्रीमा प्रतिबन्ध लगाउँदैमा मात्रै देशमा बढेको बलात्कार साथै यौन जन्य हिंसाको घटनामा कमि नआउने बताएका छन्।

शनिबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको कुराकानी गर्ने क्रममा उनले सरकारलाई विशेष सुरक्षा योजना बनाएर जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने सुझाव समेत दिएका छन्।

देशमा हत्या-हिंसा, बलात्कारको घटना बढेको प्रति रावलले चिन्ता व्यक्त समेत गरेका छन्। ‘शान्ति सुरक्षा बनाउन र हिंसा घटाउन विशेष सुरक्षा योजना बनाउनुपर्छ’, उनले भने, ‘अश्लील सामाग्री प्रतिवन्ध लगाउँदैमा हिंसा घट्छ भन्ने मलाई लाग्दैन ।’

प्रकाशित : शनिबार, असोज ०६, २०७५११:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ओली–प्रचण्डले दिए पार्टीको विभिन्न जिम्मेवारी पाएकाहरुलाई ७ कडा निर्देशन ! यस्तो छ सर्कुलर