काठमाडौँ- महानगरीय प्रहरी प्रहरी वृत दरबारमार्गको टोलीले काठमाडौँको गए राति ठमेलबाट २३ जना किशोरीलाई नियन्त्रणमा लिएको छ।
ठमेलको ओनेक्स डान्स क्लबमा छापा मार्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
ओनेक्स डान्स क्लबका सञ्चालक ४ वर्षीय सत्यमान दोङलाई समेत नियन्त्रणमा लिएको छ। अहिले उनी माथि साथै पक्राउ परेको २३ जना किशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी प्रहरी वृत दरबारमार्गले जानकारी गराएको छ।
पक्राउ पर्नेहरु १८ वर्ष मुनिका किशोरी हरु रहेको बुझिएको छ । केहि समय अगाडी देखि मात्र सञ्चालनमा आएको उक्त डान्स क्लबको दर्ता पनि भेटिएको छैन ।