सन्दीप विश्वभर धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सुचिमामा परे !

Leaderboard Banner

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरको सुचिमा परेका छन् । क्रिकइन्फोको ‘द क्रिकेट मन्थ्ली’ को यस संस्करणमा धेरै क्रिकेट खेल्ने ६ क्रिकेटरहरुको सूचिमा लेग स्पिनर सन्दीपको नाम पनि अटाएको छ ।

सन् २०१८ मा इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट ब्यवसायिक क्रिकेट यात्रा थालेका सन्दीप छोटो समयमा नै विश्व क्रिकेट जगटमा आफ्नो राम्रो छाप छोड्न सफल भएका छन् । धेरै देशमा क्रिकेट खेल्ने खेलाडीहरुको सूचीको शीर्ष स्थानमा अफगानिस्तानका ३३ वर्षीय अलराउण्डर मोहम्मद नाबी र लेग स्पिनर रसिद खान छन् । दुवैले अहिले सम्म १० देशमा खेलिसकेका छन् । पाकिस्तानका भरपर्दा तथा अनुभवी ब्याट्सम्यान शोएब मलिक, लेग स्पिनर शादाब खान र बंगलादेशका ओपनर ब्याटम्यान तमिम इकबाले समान ९ देशमा टी–२० खेलेका छन् । गुग्ली ब्वाईु सन्दीपले पनि ९ देशमै टी–२० क्रिकेट खेलि सकेका छन् ।

पछिल्लो समय प्रसिद्ध टी– २० लिग खेल्न भ्याइ नभ्याई रहेका सन्दीप आईपीएल पछि ग्लोबल टी–२० क्यानडा, क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिसकेका छन् । उनले खेलेका सबै लिगमा राम्रो प्रभाव छाडेका छन् । त्यस्तै अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा पनि नाङरहार क्लबले सन्दीपलाई अनुबन्ध गरिसकेको छ ।

आईपीएलमा सन्दीपले ३ खेल खेल्दै ५ विकेट लिएका थिए भने क्यानडाको ग्लोबल टी-२० मा ५ खेलमा ८ विकेट हात पारे । यस्तै सीपीएलमा सुरुआती ५ खेल मात्र खेल्न पाएका सन्दीपले ७ विकेट लिँदै अन्तर्राष्ट्रिय क्रिकेट लिगमा राम्रो छाप छाडेका छन् । सन्दीप अहिले अक्टोबर ३ देखी १२ सम्म मलेसियामा हुने टी–२० विश्वकप उप–क्षेत्रिय छनोटका लागि नेपाली १८ सदस्य टोलीसँगै टीयू क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा छन् ।

प्रकाशित : शनिबार, असोज ०६, २०७५०९:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी हुन् रोनाल्डोका बारेमा प्रकाशित चार झुटा समाचार