वातावरण मन्त्री बस्नेतद्वारा नवौं राष्ट्रिय शिन क्योकुशिन कराँते प्रतियोगिता-२०७५ समुद्घाटन

Leaderboard Banner

असोज ५।  माननीय वन तथा वातावरण मन्त्री तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको नवौं राष्ट्रिय शिन क्योकुशिन कराँते प्रतियोगिता-२०७५ को पहिलो दिन भव्यताका साथ सम्पन्न भएको छ।  उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै माननीय मन्त्री बस्नेतले खेलकुद नै राष्ट्रलाई विश्वभरी चिनाउने माध्यम भएकोले राष्टले खेलकुदको विकास गर्नुपर्ने र विद्यालयको पाठ्यक्रममा समेत खेलकुद समावेश गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

भारतीय जनता पार्टीका वरिष्ठ नेता दिनेश उपाध्यायको समेत उपस्थिति रहेको कार्यक्रममा संघका अध्यक्ष श्याम खड्का, वरिष्ठ उपाध्यक्ष कृष्ण चन्द्र बानिया, उपाध्यक्ष किशोर श्रेष्ठ, महासचिव सुर्य बहादुर बुढाथोकी सहित केन्द्रिय सदस्यहरु पनि उपस्थित भएका थिए । कार्यक्रममा एकल नृत्य, मध्य तथा सुदुर पश्चिमाञ्चलमा प्रसिद्ध रहेको छलिया नृत्य प्रस्तुत गरिएको थियो ।

दिव्य ज्ञान माध्यमिक विद्यालयमा उद्घाटन भएको प्रतियोगितामा उपत्यका भित्र र बाहिरका गरि कुल १५० प्रतिस्पर्धी खेलाडीहरु सहभागी भएका थिए भने खेल हेर्न हजारौंको भिड देखिएको थियो । आज महिला र पुरुष गरि १० विधा कै क्वाटर फाइनल र केही सेमिफाइनल खेलहरु सम्पन्न भएको छ। भोलि सेमिफाइनल र फाइनलको खेलहरु गरि भोलि नै प्रतियोगिता समापन गरिने आयोजक कमिटीले बताएको छ।
-राजिव खड्का

प्रकाशित : शुक्रबार, असोज ०५, २०७५२०:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मेसीको कीर्तिमानमा डेम्बेलेको हात