ठूला माछा पक्रने भन्दै खोकेका ओलीले भूरामाछा पनि सम्हाल्न सकेनन् ! सुन काण्डमा संलग्न प्रहरीको निलम्बन फुकुवा हुँदै !

Leaderboard Banner

काठमाडौँ- सरकारले विशेष समितिको गठननै गरेर छानबिन गरेको ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको आरोपमा ३ प्रहरी अधिकारीको निलम्बन फुकुवा हुन लागेको बुझिएको छ।

केहि दिन अगाडी मात्रै उच्च अदालत विराटनगरको आदेशमा रिहा भएका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीले निलम्बन फुकुवा गर्नको लागि प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेका थिए।

यी तीनैले लेखेको पत्रको आधारमा प्रहरी प्रधान कार्यालयले यस विषयमा गृह मन्त्रालयलाई पत्राचार गरेको छ। यी तीनै जनालाई संगठित अपराधका विभिन्न दफा लगाएर मुद्दा चलाइएको थियो। सुन तस्करीका लागि सहयोग गरेको मात्र नभई आफ्नो कार्यक्षेत्र र मर्यादा नाघेको र प्रकरणका मुख्य अभियुक्त गोरेलाई भगाउन भूमिका खेलेको आरोप लागेको थियो।

सरकारले २०७४ चैत २० गते गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितिले तीनै जना प्रहरी अधिकारीलाई प्रतिवादी बनाएको थियो। जसको कारण यी तीनै जना निलम्बनमा परेका थिए।

गत असोज २ गते उच्च अदालत मोरङले एसपी विकासराज खनाललाई छाड्न आदेश दिएको थियो। यस्तै गत शुक्रबार एसएसपी दिवेश लोहनी र आइतबार डिएसपी प्रजित केसीलाई पनि साधारण तारेखमा रिहा गर्न उच्च अदालत मोरङले आदेश दिसकेको छ।

यस घटनामा संलगन रहेको आरोप लागेका यी तीनै जना निलम्बित प्रहरी अधिकारीहरु अब पुनर्वहाली कुरिरहेका छन्। सरकारले सुन प्रकरणको छानबिन गर्ने भन्दै हो-हल्ला सहित अनुसन्धान गरेको भएता पनि अभियुकहरु भट्टा-भट छुट्दै छन्।

छुट्ने मात्र नभई एक पटक अभियुक्तको दाग लागि सकेका प्रहरी अधिकारीहरुबाट जनताले सुरक्षाको अनुभूति कसरी गर्ने भन्ने पनि प्रश्न उठ्न थालेको छ।

सरकारले चर्चित सुन काण्डमा जति हल्ला-खल्ला सहित अनुसन्धान शुरु गरेको थियो। त्यसरीनै अन्त्य गरेको भए सरकारको प्रसंशा हुने पक्का थियो। तर सरकारले भने सुन काण्डलाई गुपचुपका साथ अन्त्य गरेकोमा भने धेरैको आलोचना रहेको छ।

सुनकाण्डमा ठूला माछा पक्रने भन्दै खोक्न भ्याएका प्रधानमन्त्री ओलीको भनाई पनि खोकाइमा सिमित रहन गयो। अब ठूला माछा मात्र हैन सुन काण्डका साना भूरा माछा पनि छुटेर आफ्नो पद सम्हाल्न तीर लागिरहेका छन्।

प्रकाशित : शुक्रबार, असोज ०५, २०७५१६:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आगो लगाएर चार जनाको हत्या गरेका एकलाई चीनमा मृत्युदण्ड !