नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित अन्य असन्तुष्ट पक्षसँग वार्ता गरिने !

Leaderboard Banner

काठमाडौँ,उच्चस्तरीय राजनीतिक अधिकारसम्पन्न वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेयले समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित सबै विद्रोही तथा असन्तुष्ट पक्षसँग वार्ता गरी दिगो शान्ति कायम गर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा उहाँले कम्युनिष्ट पाटीसँग वार्ता गर्न सरकार सकारात्मक रहेको बताउँदै जाहेरी र उजूरीका आधारमा खड्गबहादुर विश्वकर्मा थुनामा परेको जानकारी दिनुभयो ।

गत भदौ २५ गते सबै राजनीतिक दल तथा असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरिसकिको बताउँदै उहाँले केही राजनीतिक दल तथा समूहलाई समितिले पत्र पठाएको र बाँकी केही समूहलाई केही दिनभित्रै पत्राचार गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार वार्ताका लागि सात समूहलाई पत्राचार गरिसकेको तथा १२ समूह सम्पर्कमा आएका छन् ।

प्रकाशित : शुक्रबार, असोज ०५, २०७५१६:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रतिनिधिसभा अन्तर्गत विषयगत समितिका सम्पूर्ण नवनिर्वाचित सभापतिलाई गोपनीयताको शपथ