निर्मलालाई न्याय दिन माग गर्दै आज पनि काठमाडौँमा प्रदर्शन

Leaderboard Banner

काठमाडौँ- करिब दुई महिना अगाडी बलात्कार गरि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पक्राउ गरि कडा कारबाही गर्नपर्ने माग राख्दै शुक्रबार पनि काठमाडौँमा सरकार विरुद्ध प्रदर्शन गरिएको छ।

छिटो भन्दा छिटो हत्यारा पत्ता लगाई कारबाहीको दहेरामा ल्याउनुपर्ने माग गरि शुक्रबार दिउँसो काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध र्‍यालीसहितको प्रर्दशन गरिएको हो ।

संयुक्त महिला संघर्ष समितिको आयोजनामा गरिएको उक्त विरोध कार्यक्रममा बालबालिका तथा महिलामाथि दिनहुँ जसो हुने गरेको हत्या, हिंसा र बलात्कारको घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो ।

कार्यक्रममा,पटक पटक हुने गरेका यस्ता हिंसाका घटनाहरु प्रति गम्भीर हुनुको सट्टा देशका प्रधानमन्त्रिले समेत विभिन्न स्थानमा हाँस्यसपद रुपमा भाषण गर्ने गरेको समेत आक्रोस व्यक्त गर्दै प्रधानमन्त्री केपी ओलीलाई व्यंग्य गरिएको प्लेकार्ड समेत प्रर्दशन गरि चर्को नाराबाजी गरेका थिए।

सरकारले यस घटनालाई गर्भिरता पूर्वक लिएर कडा छानविन नगरे अझ शसक्ता आन्दोलनमा उत्रिने समेत प्रर्दशनकारीहरुले चेतावानी दिएका छन्।

प्रकाशित : शुक्रबार, असोज ०५, २०७५१५:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित अन्य असन्तुष्ट पक्षसँग वार्ता गरिने !