गोठघरमा सुतिरहेकी बालिकालाई गर्न खोज्ने लालवहादुर पक्राउ !

Leaderboard Banner
सांकेतिक तस्विर

भोजपुर, जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी उद्योगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगमा सात दिनको म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो ।

अभियुक्तले गोठघरमा सुतिरहेका अवस्थामा यही असोज १ गते राति बालिकालाई करणी गर्न खोजेको बालिकाकी आमाले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।

प्रकाशित : शुक्रबार, असोज ०५, २०७५१३:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अब मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा बन्द हुने