विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

Leaderboard Banner

काठमाडौँ, नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी अछाम काङ्ग्रेसका पूर्वसभापति एवं प्रतिनिधिसभा सांसद रामबहादुर विष्टका दाजुसमेत रहेका विष्टको निधनप्रति दुःख व्यक्त गरेको हो ।

विष्टको आत्मको चीर शान्तिको कामना गर्दै काङ्ग्रेसले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

विगत केही समयबाट क्यान्सर रोगबाट पीडित विष्टको भक्तपुर क्यान्सर अस्पतालमा आज दिउँसो निधन भएको हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा विष्टले सक्रिय भूमिका निर्वाह गर्नुभएका थियो । स्व विष्टका श्रीमती, चार छोरा र तीन छोरी हुनुहुन्छ ।

प्रकाशित : बिहिबार, असोज ०४, २०७५०८:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एक महीनाको तलब विद्यालयलाई दिने सांसदको घोषणा !