म्यानचेस्टर सिटी लियोनसँग स्तब्ध

Leaderboard Banner

लन्डन (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा स्तब्ध बनेको छ । सिटी फ्रेन्च लिग वान क्लब लियोनसँग २–१ ले स्तब्ध बनेको हो ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीलाई स्तब्ध बनाउन म्याक्सवेल कर्नेट र नविल फकिरले गोल गर्दा बर्नार्डाे सिल्भाले एक गोल फर्काए । घरेलु मैदानमा सिटी पहिलो हाफमै २–० ले पछि परेको थियो ।

२६औं मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । म्याक्सवेलले फकिरको पासमा गोल गरेका थिए । ४३औं मिनेटमा फकिरले गोल गर्दै लियोनलाई २–० को अग्रता दिलाएका थिए ।

खेलमा अधिकांश समय बलमा पकड जमाएपनि गोल गर्न भने ६७औं मिनेट कुर्नुपरेको थियो । लिरोए सानेको पासमा बर्नाडो सिल्भाले गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि त्यसपछि थप गोल गर्न नसक्दा २–१ ले स्तब्ध बन्न पुग्यो ।

यो समूहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेक्स र जर्मन क्लब होफेनहेमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित : बिहिबार, असोज ०४, २०७५०८:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रियाल म्याड्रिडको एएस रोमामाथि ३–० को सहज जित !