विद्यालय ढिला आएको भन्दै मरणासन्न हुने गरी पिटेर कान फुटाइदिने शिक्षक यी हुन् !

Leaderboard Banner

काठमाडौँ-विध्यालय समय भन्दा ढिलो आएको भन्दै नवलपुरको बुलिङ्टार-६ मा अवस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले एक विध्यार्थीलाई कुट्दा काननै फुटेको छ। प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले विध्यालय भन्दा करिब १५ मिनेट ढिलो आएको निहुँमा कक्षा १० मा अध्ययनरत खुमान सार्कीलाई कुट्दा कानमा चोट पुगी घाइते भएका हुन्।

प्रध्यानाध्यापकको कुटपिटबाट घाइते भएका खुमानको पुरानो मेडिकल कलेज भरतपुरमा  उपचार भैरहेको जानकारी प्राप्त भएको छ। उनको कानबाट लगातार रगत बगेका कारण भित्रपनि केही क्षति भए नभएको बारे परिक्षण भैरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

विध्यालय स्रोतको अनुसारमा विहान स्कुलमा प्रार्थना भइरहेको समयमा निर्धारित समय भन्दा ढिलो आएका १० जना विध्यार्थीलाई प्रध्यानाध्यापक श्रेष्ठले कारबाही गर्ने क्रममा खुमनको कान फुटेको हो। प्रध्यानाध्यापकले दिनहुँ जसो विभिन्न निहुँमा धेरै पिट्ने गरेको समेत विध्यार्थीले सोधपुछको क्रममा बताएका छन्। यस घटनाको विरुद्ध खुमनका बाबु वीरबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिने तयारी गरेका छन्।

प्रध्यानाध्यापक श्रेष्ठले भने नियमित ढिलो आउने विध्यार्थीलाई आफूले सामान्य कारबाही गर्न खोजेको तर दुर्भाग्यवस खुमनको कानमा चोट पुग्न गएको बताएका छन्। आफूले खुमनलाई गालामा पिटेको भएपनि कानबाट रगत बग्नु उनको पहिले देखिकै समस्याले कारण भएको समेत उनले दाबी गरे।उपचारको सम्पूर्ण लागत आफू स्वयंले व्यहोर्ने समेत उनले बताए।

प्रकाशित : बुधबार, असोज ०३, २०७५१३:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने योजना लागू गर्न किन ढिला ?