बम्जनले म समेत गरेर ५ बालिकाहरुको बलात्कार गरे, मेरो बुवा बम्जनसंगै बस्नुहुन्छ [भिडियो सहित]

Leaderboard Banner

काठमाडौँ,  भदौ ३१ । केहि समय पहिले आफूलाई ‘लिटिल बुद्ध’ भनेर प्रचार गर्दै आएका रामबहादुर बम्बजन ‘धर्मगुरु’  माथि अहिले १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । शनिबार  बलात्कार पिडित भनिएकी १८ वर्षीय  आनीले ललितपुरमा केहि महिला अधिकारकर्मीहरुको सहयोगमा  पत्रकार सम्मेलन गरेर यस कुराको खुलासा गरेकी हुन् ।

‘धर्मगुरु’ बम्जनले आफुलाई पटक-पटक बलात्कार गरेको आनीले बताएकी हुन् । उनि २ वर्ष पहिले रामबहादुर बम्बजनको गुम्बा (सिन्धुली) मा आनी बन्न गएकी थिइन्।  आफुले यस कुरालाई पहिले नै बाहिर ल्याउन  चाहेको तर  ‘धर्मगुरु’ की श्रीमतीले धम्क्याएपछि उजुरी नगरेको आनीले बताएकी छिन् । पहिलो पटक  ‘धर्मगुरु’ की श्रीमती काठमाडौँ आएको बेला आफुलाई बलात्कार गरेको र त्यसयता पनि पटक-पटक बलात्कार गरेको भन्दै आनीले दाबि गरेकी छिन् । साथै आनिलाई पैसा चोरेको अभियोगमा कारबाही गरेको कुरा बम्जन पक्षधरका केही व्यक्तिहरुले नै बताएका हुन् । आनीले आफु बलात्कार भएको कुरा उठाउदा गुरुले आफूमाथि चोरको आरोप लगाएको उनले बताएकी छिन्।

यसरी भएको रहेछ युएस बंगला विमान दुर्घटना [सीसी टिभी फुटेज लिक ] , यो भिडियो हेर्नुहोस्

प्रकाशित : आइतबार, भदौ ३१, २०७५१६:११
अर्को समाचार: