‘प्रम ज्यू, कि न्याय दिनुस्, कि गोली ठोक्नुस्’ भन्दै निर्मलाका आमा-बाबु हजारौको साथ सडकमा (भिडियो)

Leaderboard Banner

काठमाडौँ, भदौ ३० ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त (बलात्कारपछि हत्या गरिएकी) को लागि न्यायको माग गर्दै शनिबार काठमाडौँस्थित माइतीघर मण्डलाबाट बानेश्वरसम्म विशाल र्याली प्रदर्शन भएको छ । आज भएको  र्यालीमा   जनसागर उर्लिएको छ । र्यालीमा सहभागीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् । साथै निर्मलाका आमा बाबु हजारौको साथ “प्रधानमन्त्री ज्यू, कि न्याय दिनुस्, कि गोली ठोक्नुस्” भन्दै  सडकमा उत्रिएका थिए ।

भिडियोमा हेर्नुहोस निर्मला पन्तको न्यायको माग गर्दै र्यालीमा उत्रिएका हजारौ सहभागीहरु>>

प्रकाशित : शनिबार, भदौ ३०, २०७५१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सम्पत्ति विवरण नबुझाउनेलाई अख्तियारले यस्तो कारवाही गर्ने!