आजको खेल रोकिए पछि के हुन्छ ? यस्तो भन्छ नियमले !

Leaderboard Banner

ढाका – साफ च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा नेपाल र माल्दिभ्स भिड्दै छन् । २७ मिनेटको खेल सकिँदा नेपाल १-० ले पछाडी छ । प्रतिकुल मौसमका कारण खेल रोकिएको छ । रेफ्रीको निर्णय अनुसार खेल नेपाली समयअनुसार ४:४५ मा सुचारु हुनेछ ।

प्रतियोगिता नियमावली अनुसार रेफ्रीले खेल रोकिएको ३० मिनेटपछि खेल मैदान निरीक्षण गरेर खेल सुचारु गर्न सक्छन् । त्यसअघि नै मैदान खेल्न लायक भएको अवस्थामा पनि रेफ्रीले खेल सुरु गराउन सक्छन् । तर ३० मिनेटको निरीक्षणपछि पनि खेल सुरु गर्न नसकेको अवस्थामा भने रेफ्रीले सुधार हुने सम्भावना देखेर थप ३० मिनेट समय लिन सक्छन् ।

यदि खेल मैदान सुधार हुने सम्भावना छैन भने खेल स्थगित हुनेछ । स्थगित भएको अवस्थामा खेलबारे रेफ्रीले २ घण्टामा निर्णय गर्नुपर्ने हुन्छ । खेल सोहि समयबाट सुरु हुने हो या अन्य केहि निर्णय हुने विषयमा रेफ्रीले दुवै टोलीलाई जानकारी दिनेछन् ।

प्रकाशित : बुधबार, भदौ २७, २०७५१६:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सेमिफाइनल खेल सुचारु, नेपाल १-० ले पछाडी