यसपालिको दशैँ इतिहासकै महँगो हुन सक्ने ! यी चीजको मूल्य बढ्न सक्छ, हेर्नुहोस्

Leaderboard Banner

काठमाडौँ- केहि महिने देखि लगातार डलरको मूल्य बढिरहेको छ। डलरको तुलनामा नेपाली मुद्र रुपैया अत्याधिक कम्जोर हुँदै गएको छ। इतिहासमै नेपाली मुद्रा डलरको तुलनामा कम्जोर भएसँगै नेपाली अर्थतन्त्रमा सिधा असर पर्ने अर्थविधहरु बताउने गर्छन्। दैनिक रुपमा उपभोग हुने समानहरु स्टक रहेको हुँदा तत्कालनै नेपाली बजारमा डलरको मूल्य वृद्धिको असर देखिएको छैन।

नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेको छ । नेपालको व्यापार लगभग ७० प्रतिशत भारतसँग जोडिएको छ। नेपालमा आयात हुने समानहरु भारतबाट आउने गर्छ। भारतले पनि अन्तराष्ट्रिय बजारबाट खरिद गर्दा डलरकोनै प्रयोग गर्ने हुँदा यसको असर घुमाउरो पाराले नेपाललाई पनि पर्न सक्छ।

पेट्रोलियम पदार्थ, हवाई तथा सवारीसाधनका पाटपुर्जा र फलाम तथा स्टिलको मूल्यमा अहिले खासै वृद्धि नभएको भएता पनि केहि समयमानै डलरको मूल्य बृद्धिले असर गर्ने देखिन्छ। डलर अत्याधिक बलियो भएको अवस्थामा प्रायजस्तो सम्पूर्ण आयातित वस्तुमा मूल्य वृद्धि हुने अपेक्षा गर्न सकिन्छ। तर केहि अवस्थामा भने मूल्य वृद्धि नहुन पनि सक्छ।

नेपाल आफैले उत्पादन गर्ने वस्तुहरुको कच्चा पदार्थहरु पनि आयात गरिने हुँदा नेपालमै उत्पादन हुने वस्तुहरुको पनि मूल्य बढ्न सक्ने आकलन गर्न सकिन्छ। डलरको मूल्य वृद्धि हुँदा सबै भन्दा पेट्रोलियम पदार्थमा असर पर्न जान्छ। अब पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा मूल्य वृद्धि हुने लगभग पक्कानै देखिन्छ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने बितिकै ढुवानी खर्च बढ्ने हुँदा हरेक वस्तुको मूल्य वृद्धि हुने आकलन पनि गर्न सकिन्छ। नेपालमा दैनिक रुपमा प्रयोग हुने तेल भारत बाहेक अन्य देशबाट पनि आयात गर्ने हुँदा तेलको मूल्य बढ्न सक्छ। यस्तै कपडा पनि धेरै देश देखि आयात हुने हुँदा डलरको मूल्य वृद्धिका कारण कपडाको पनि मूल्य वृद्धि हुने देखिन्छ।

यस्तै नेपालमा मेसिनरी समानहरु पनि विदेश देखि आयात हुने हुँदा मेसिनरी समानमा पनि मूल्य वृद्धि हुन सक्छ। नेपालमा आयात हुने मोबाइल, टेलिभिजन आदि प्राविधिक समानहरुको पनि मूल्य वृद्धि हुन सक्छ। डलरको तुलनामा नेपाली मुद्रा कम्जोर हुनाले आयातमा निर्भर नेपालको हरेक क्षेत्रमा असर पर्न सक्ने विज्ञहरुले आकलन गरेका छन्। यती मात्र नभई नेपालको व्यापार घाटामा पनि डलर बलियो हुनुले बढावा दिने लगभग निश्चित छ।

दशैँ नजिकिंदै गरेको अवस्थामा यस पालिको दसैँ इतिहासकी महँगो दशैँ हुन जाने पनि आकलन गर्न सकिन्छ।

प्रकाशित : बुधबार, भदौ २७, २०७५१३:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

निर्मला पन्त हत्या छानबिन समितिमा फर्किए केसी ! निर्मलालाई न्याय दिलाउने घोषणा !