राष्ट्रिय पोशाक घोषणा नगरिए अनशन बस्ने !

Leaderboard Banner

सरोज दाहाल(बिगुल न्यूज)

काठमाडौँ- बि।सं २०६२/२०६३ को जना आन्दोलनले देशको राजनीतिक व्यवस्था मात्र फेरेन सँग-सँगै सामाजिक र भौगोलिक रुपमा निकै ठुल-ठूला परिवर्तन ल्याइदियो। आम-नेपाली जनताले त्यतिबेला अधिकार र न्याय खोजेका थिए। अधिकार, न्याय, परिवर्तन, नयाँ नेपाल, लोकतन्त्रको अनुभव समिक्षा गर्दै जानेछन्। महत्वपुर्ण कुरा के नकार्न सकिन्न भने, केहि परिवर्तन र नयाँ नेपालको नाममा नेपाली जनताले नखोजेको, नसोचेको कुरा पनि प्रायोजित रुपमा घुसाइयो भन्छन् राष्ट्रिय पोशाक सम्रक्षण महाअभियानका एक जना अभियन्ता विवस घिमिरे।

उनि लगायत देशको प्रतिनिधि बनेर अन्तराष्ट्रिय जगतमा जाने नेता, मन्त्रि, देहि सरकारी कर्मचारीले कमसेकम अरु बेला नसकेपनि राष्ट्रिय प्रतिनिधि बनेर जाँदा औपचारिक पोशाक दौरा-सुरुवाल,गुन्यू चोलो हुनु पर्ने माग राखेका छन्।

अर्का अभियन्ता अजित पाठक भन्छन्,” हाम्रो देश नेपाल र हामी नेपाली हौँ भनेर विश्व सामू नेपालीलाई चिनाउने सर्वोच्च शिखर सगरमाथा, शान्तिका प्रतिक गौतम बुद्ध, कला-संस्कृति, प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश नेपाल भनेर जसरी चिनाइराखेका छौ। यदी हाम्रो राष्ट्रिय पोशाक दौरा-सुरुवाल,गुन्यू चोलो हुने हो भने विश्वले नेपालीलाई देख्ने बितिकै चिन्ने छ। किन भने हाम्रो राष्ट्रिय पोशाक अलग पहिचान र इतिहास बोकेको छ। बि।सं २०६८ सालमा डा। बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक दौरा-सुरुवाल,गुन्यू-चोलो राष्ट्र सपेक्ष नभएको भन्दै हटाएका थिए। त्यस पछि भने राष्ट्र राष्ट्रिय पोशाक बिहिन भएको हो। “

यसै क्रममा लामो समय देखि राष्ट्रिय पोशाक हुनु पर्छ भन्दै विभिन्न अभियान र राष्ट्रिय पोशाक घरका संचालक समेत रहेका राजा नन्द माणडव्य भन्छन्।” २ नं प्रदेश सरकार र राजनीतिक दलले दौरा-सुरुवाल,गुन्यू चोलो राष्ट्रिय पोशाक मान्न हिचकिच गरिरहेको हामीले पाएका छौ । हाम्रो आग्रह के हो भने सधै लगाउनै पर्छ भन्ने छैन, फुल(पुरा) कोटको सट्टामा ज्वारी कोट बनाउन सकिन्छ। सरकारले चाहँदा हुने कुरा हो। कुर्ता-पाइजामा लगाउन जतिकै सजिलो हुन्छ दौरा-सुरुवाल,गुन्यू चोलो लगाउन। अहिले राजनीतिक दलका नेताहरु मन्त्रि, सरकारका प्रमूख हरु भेटेर ज्ञापन पत्र बुजाइरहेका छौँ। यदि हाम्रो राष्ट्रिय हित, आम नेपाली जनताको चाहना रहेको मागलाई लत्त्याउन खोजियो भने हामी सबै अभियन्ता अनशनमा बस्छौं। “

पछिल्लो समय केहि जुझारु युवाहरु पुर्वप्रधानमन्त्री, बहालवाला मन्त्रीहरु र राजनीतिक दलका प्रमुख नेताहरुलाई भेटि राष्ट्रिय पोशाक घोषणा हुनु पर्छ भन्दा दबाव स्वरूप ‘राष्ट्रिय पोशाक सम्रक्षण महाअभियान’ नामक अभियानबाट पुर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, लोकेन्द्र बहादुर चन्द, परराष्ट्रमन्त्रि प्रदिप ज्ञवाली, पुर्वप्रधानसेनापति रुक्माँगत कटुवाल, नेपाली कांग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेल, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेता राजेन्द्र लिंग्देल, संस्कृति तथा नागरिक पर्यटन उड्यन मन्त्रि रबिन्द्र अधिकारी, सामान्य प्रशासन मन्त्रि लाल बाबु पण्डित, र राष्ट्रिय जनता दलका अध्यक्ष महन्थ ठाकुरलाई भेटि ज्ञापन पत्र बुझाइसकेका छन्।

राष्ट्रिय पोशाक दौरा-सुरुवाल,गुन्यू-चोलो मात्रै हैन, नेपालमा पारा-पूर्व काल देखि विभिन्न जात-जाती, भाषा-भाषी, धर्म-संस्कार र परम्परा अनुसार लगाउंदै आएका सम्पूर्ण भेष-भुषा राष्ट्रिय पोशाक हुन्। राष्ट्रिय पोशाक शंग्रालय बनाइ ती सबै जात-जती, भाषा-भाषीले आदिकाल देखि लगाउंदै आएका वस्त्र (पहिरन) संचित गर्न सके, पर्यटन र भविष्यमा आगामी पुस्ताका लागि इतिहास र अनुसन्धानको विषय बन्नेमा दुई मत छैन।

प्रकाशित : सोमबार, भदौ २५, २०७५१९:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

किशोरीलाई बलात्कार गरी तीन महिना देखि भागेका तामाङ भृकुटीमण्डपबाट पक्राउ !