घरबाट भागेका दुई बालिकालाई डेरामा लगेर ‘बलात्कार’ ! छिट्टै कोरिया जान लागेका खत्री पक्राउ !

Leaderboard Banner

काठमाडौँ- बलात्कारको आरोपमा किर्तीपुरबाट एक व्यक्ति पक्राउ परेका छन्। दुई बालिकालाई आफू बस्ने डेरामा लागि बलात्कार गरेको आरोपमा २५ वर्षीया हेम खत्री पक्राउ परेका हुन् ।

गत भदौ २१ गते बिहीबारको दिन दुई बालिका घरमा दिदीले गाली गरेको निहुमा घर छाडेर भागेका थिए। घरबाट भागेका दुई बालिकालाई खत्रीले किर्तीपुर नगरपालिका–७ हनुमान घाटमा रहेको आफ्नो डेरामा लागि बलात्कार गरेका हुन्।

दुवै बालिका बिहिबार ललितपुरको इमाडोलस्थित घर छाडेर निस्किएका थिए। उनले १२ र १४ वर्षका २ बालिकालाई कोठामा लगेर बलात्कार गरेको उजुरी परेको छ।

आइतबार बालिकाहरुले आफू माथि बलात्कार भएको उजुरी हालेपछि खत्रीलाई पक्राउ गरिएको हो। अनुसन्धानको क्रममा खत्री छिट्टै कोरिया जान लागेको समेत खुलेको छ।

प्रकाशित : सोमबार, भदौ २५, २०७५१४:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपाल चीन ऊर्जा संयन्त्र बैठक असोजमा हुने