“”हरेकले गर्छन् कल्पना , अनि हर कोहि डुब्छन् सोचमा । बस फरक यति छ ! कोहि सोचरुपी भवसागरमा डुबुल्की मारेर उत्रिन्छन्, त कोहि त्यसलाई बेफिक्री शब्दमा उतार्छन् । अन्त्यत, ति प्रेमिल शब्दहरु गासिएर एक मिठो रचनाको सिर्जना हुन्छ “”-सुबिन भट्टराई
नेपाली साहित्यको क्षेत्रमा मिठा र उत्कृष्ट कृतिहरुका जन्मदाता मध्येका एक हुन् सुबिन भट्टराई । साथै एक कुशल युवा लेखक पनि हुन् । कलम चलाएरै धेरै फ्यान बनाउन सफल व्यक्ति सुबिन नेपालका चर्चित उपन्यासकार हुन् । नेपाली साहित्य समाजमा उपन्यास पनि मनोरन्जनको माध्यम हुन सक्छ भन्ने सोच उनको “समर लभ” ले ल्याएको हो भन्दा फरक नपर्ला ।
उनका हरेक कृतिले साहित्य जगतमा तहल्कानै मच्चाउने कुरालाई नकार्न सकिन्न । उपन्यास कम तर सुबिनको शब्द ज्यादा पढ्न रुचाउछन् उनका प्रसंशकहरु । उनि युवावर्ग माझ भिन्नै छाप बनाउन सफल लेखक हुन् भन्दा पनि फरक पर्दैन । सुबिन भट्टराईले थोरै रचना दिएर धेरै नाम कमाएका छन् । उनि युवा माझ एक आइडल पनि हुन् । यिनै आइडलको बोलि हामीले अन्तर्वार्तामा उतारेका छौ ।