नेकपामा देखियो टुट-फुटको दरार ! प्रदेश ५ को विषयलाई लिएर माधव कुमार नेपाल समूह आक्रोशित !

Leaderboard Banner

काठमाडौँ- प्रदेश नं ५ का १२ जिल्लामध्ये ७ जिल्ला तत्कालीन एमाले र ५ जिल्ला तत्कालिन माओवादीले नेतृत्व पाउने सहमति गरिएको थियो। यसरि पूर्वएमालेलाई भाग परेको जिल्लाको नेतृत्वमा केपी ओली निकट नेताहरू मात्र सिफारिस भएपछि वरिष्ठ नेता माधव नेपाल समूह आक्रोशित भएको छ ।

दाङ, बाँके, रुपन्देही र रोल्पामा पहिले माधव नेपाल समूहका नेता पार्टी अध्यक्ष थिए तर अहिले एकजनालाई पनि जिल्ला नेतृत्वमा रहने गरी सिफारिस नगरिएको र यो निर्णय कार्यान्वयन भएमा आफूहरूले समानान्तर जिल्ला कमिटी गठन गर्ने चेतावनी नेपाल पक्षले दिएको छ।

नेकपाले जिल्ला नेतृत्व एकीकरणका लागि पूर्व एमाले र पूर्व माओवादीका प्रदेश संयोजक र सहसंयोजक रहेको चार जनाको कार्यदल गठन गरेको थियो। उक्त सिफारिसमा अन्तिम निर्णय नेकपा सचिवालयलेनै लिनेछ।

प्रदेश ५ कमिटीमा पूर्व एमालेका तर्फबाट संयोजक शंकर पोखरेल र सह- संयोजक दलबहादुर राना दुवै ओली निकट हुन्। पोखरेलले दाङमा जिल्ला अध्यक्षका लागि नेपाल-समूहका पूर्व अध्यक्षलाई पन्छाएर आफ्नै बहिनी ज्वाँइलाई सिफारिस गरेपछि माधव नेपाल पक्ष आगो भएको हो।

प्रकाशित : बुधबार, भदौ १३, २०७५१७:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

वडाध्यक्ष अर्कैकी श्रीमतिको काखमा भेटिए पछि…