सुरक्षागार्डको विभत्स हत्या, देब्रे आँखानै गायब गरिएको अवस्थामा शव फेला !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ । विराटनगरमा आइतवार विहान एक हार्डवेयर पसलमा शव फेला परेको छ। विराटनगर महानगरपालिका २ धरान रोडस्थितमा रहेको न्यू बिक्की हार्डवेयरमा शव फेला परेको बुझिएको छ।

मृत्यु भएका व्यक्ति विराटनगरका ५० बर्षका टंक भट्टराई हुन्। उनि हार्डवेयरमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेका थिए। उनको शरीर हत्या भएको अवस्थामा उक्त हार्डवेयर पसलको कोठामा फेला परेको हो।

आइतबार बिहान हार्डवयरका कामदारले ढोका खोल्दा सुरक्षा गार्ड सुत्ने कोठाको खाटमूनि फेला पारेका थिए। प्रहरीका अनुसार उनलाई सिरानीले मुख थुनेको अवस्थामा फेला पारिएको थियो। उनको मृत शरीरको विभिन्न ठाउँमा चोट देखिएको छ भने उनको देब्रे आँखा पनि निकालिएको छ।

अहिले प्रहरीले यस घटनाको अनुसन्धान शुरु गरेको छ।

प्रकाशित : आइतबार, भदौ ०३, २०७५१४:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

स्थानीय तहमा अझै हजारौं कर्मचारी अपुग !