ज्ञानेन्द्र मल्ल सिटिजन्स बैंकको ब्रान्ड एम्वासडर

Leaderboard Banner

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्ल सिटिजन्स बैंकको ब्रान्ड एम्वासडर नियुक्त भएको छ । सिटिजन्स बैंकले शुक्रबार उप–कप्तान ज्ञानेन्द्रलाई १ वर्षको लागि ब्राण्ड एम्वासडर नियुक्त गरेको हो ।

ब्रान्ड एम्वासडरबापतको रकम भने खुलाईएको छैन । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजन सिंह भण्डारीले ज्ञानेन्द्रलाई क्रिकेट ब्याट हस्तान्तरण गर्दै बैंको ब्रान्ड एम्वास भएको घोषणा गरे । बैंकका सहायक सीईओ बोध राज देवकोटाले ब्राण्ड एम्बेसडर बन्न स्वीकार गरेकोमा ज्ञानेन्द्रलाई धन्यवाद दिए ।

ब्रान्ड एम्वासडरमा नियुक्त भएसँगै उप–कप्तान मल्लले बैंकलाई धन्यवाद दिदै खेल विकासको लागि कर्पाेरेट क्षेत्र खेलकुदमा आउन राम्रौ रहेको र यसले खेलाडीलाई प्रोत्साहन गर्ने बताए ।

यसअघि बैंकले ब्याटमिन्टनका राष्ट्रिय खेलाडी नङ्सलदेवी तामाङलाई स्टाफको रुपमा बैंकमा अनुबन्ध गरेको थियो ।

प्रकाशित : शुक्रबार, भदौ ०१, २०७५१८:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

‘नेयमार रियलमा आएको हेर्न चहान्छु’