नयाँ मुलुकी ऐनको विरोध गर्न सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन ! युवक पक्राउ !

Leaderboard Banner

काठमाडौँ, आजबाट नयाँ मुलुकी ऐनको लागू हुँदैछ भने आजको दिन नेपालको कानुनको इतिहासमा धेरै महत्व बोकेको दिन रहने पनि आकलन गरिएको छ। नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरवार अगाडी एक युवकले नग्न भएर विरोध जनाएका छन।

नग्न प्रदर्शन गरेको कारण सिंहदरवार अगाडीबाटनै जितिन लिम्बुलाई पक्राउ गरिएको छ। उनलाई अहिले महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ।

सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेको आरोपमा उनलाई पक्राउ गरिएको बुझिएको छ। लिम्बु नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरको विरोध गर्दै नग्न प्रदर्शनमा उत्रिएका थिए।

उनले आफ्नो निजि अङ्ग ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले छोपेका थिए।

प्रकाशित : शुक्रबार, भदौ ०१, २०७५१२:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

परराष्ट्रमन्त्री पुगे नयाँ दिल्ली !