नाग पञ्चमीको अवसरमा नागदहमा देखिएको यस्तो चहलपहल !

Leaderboard Banner

काठमाडौँ, प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ । यस उपलक्ष्यमा पशुपतिको वासुकी, नागपोखरी, टौदहलगायतका स्थानमा मेला लाग्नेगर्दछ ।

आज बिगुल न्युजबाट ललितपुरमा रहेको नागदहमा सरोज दाहाल पुगेर केहि तस्विरहरु कैद गर्नुभएको छ ।

-बिगुल न्युज 

प्रकाशित : बिहिबार, साउन ३१, २०७५१०:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गृह मन्त्रालयले गर्यो २७ एसएसपीको सरुवा, को-को कहाँ पुगे हेर्नुहोस् ! (सूचीसहित)