नेपालले भारतको ७१ सय हेक्टर जमिन कब्जा गरेको भारतीय मिडियाको आरोप !

Leaderboard Banner

काठमाडौँ, नेपालमा प्राय सिमाक्षेत्रमा भारतले गतेको ज्यादतीको बारेमा समाचारहरु जहिले पनि आउनेनै गरेका हुन्। नेपालको सिमा मिच्न पनि पछाडी नपर्ने भारतको एक मिडियाले भने नेपाललेनै भारतको जमिन नेपालले कब्जा गरेको भन्दै समाचार सम्प्रेषण गरेको भेटिएको छ।

भारतीय मिडिया दैनिक भास्कारले आफ्नो आनलाइन संस्करणमा नेपालले भारतको लगभग ७१०० हेक्टर जमिन कब्जा गरेको समाचार छापेको छ। दैनिक भास्कारले आफ्नो आनलाइन संस्करणमा पश्चिम चम्पारण जिल्लाको उक्त जमिन कब्जा गरेको भन्दै नक्सा सहितको लेख छापेको छ।

दैनिक भास्कारका अनुसार भारतले नेपाललाई आफ्नो मिल्ने मित्र भनेर अँगालो हाल्ने गरेको भएता पनि नेपालले भने मित्रता लत्याउँदै बिहारको पश्चिम चम्पारण जिल्लाको लगभग ७१०० हेक्टर जमिन कब्जा गर्ने क्रम अझै जारी रहेको छ। यस आसय सहितको समाचारमा उसले मिचिएको जमिन सहितको नक्सा पनि छापेको भेटिएको छ।

दैनिक भास्कारको आरोप अनुसार नेपालले बालमिकीनगरमा सुस्ता, बाल्मिकी टाइगर रिजर्वको जंगल र गोवर्द्धनमा शिवालिक क्षेत्रको पहाडसहित कतिपय इलाकामा नेपालको अवैध कब्जा गरेको आसय देखिको समाचार सम्प्रेषण गरेको छ। साथै जंगलबाट करोडौँ रुखहरू काटिएको भास्कारको आरोप रहेको छ।

यस्तो छ दैनिक भास्कारले छापेको समाचार !

प्रकाशित : बुधबार, साउन ३०, २०७५१२:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै ! केके छ त मुलुकी देवानी संहितामा ?