ट्रम्प नेपाल र भुटानलाई भारतको अंश सम्झिए ! दिए नेपाल र भुटानलाई लज्जास्पद नाम !

Leaderboard Banner

एजेन्सी- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको विभिन्न देशहरुलाई नामले सम्बोधन नगरी अन्य शब्दले सम्बोधन गर्ने बानिको कारण समय-समयमा विवादित हुनेनै गरेका छन्। केहि समय अगाडी उनले अफ्रिकी मुलुकहरुलाई सम्बोधन गर्दा लज्जास्पद शब्द प्रयोग गरेका थिए। उनले त्यस समयमा अफ्रिकी मुलुकहरुलाई “shitholes” भन्न भ्याएका थिए। यस्तै उनले नेपाललाई “निपल”(NIPPLE) र भुटानलाई “बटन”(BUTTON)मा परिवर्तन गरिदिएका छन्।

भारतला प्रधानमन्त्रिलाई भेट गर्नु अगाडी गरेको सम्बोधनको क्रममा ट्रंपले नेपाल र भुटानलाई यसरी परिवर्तित भाषामा सम्बोधन गरेको बुझिएको छ। ट्रम्प विभिन्न कूटनीतिक सम्बोधनको क्रममा चुक्ने गरेको भन्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषित गरेका छन्। ट्रंपलाई कूटनीतिक मर्यादा भन्दा माथि उठेर अभिव्यक्ति दिने गरेको आरोप लाग्ने गरेको छ। साथै उनि विभिन्न राष्ट्रका प्रमुखहरुलाई रातको समयमा कुटनीतिक फोन गरेको कारण पनि आलोचित हुने गरेका छन् ।

यति मात्र नभई उनलाई कूटनीतिक रुपमा विपक्षीहरुले असफल भएको पनि आरोप लगाउने गरेका छन्। विभिन्न समयमा अन्य देशको नाम बिगारेर होस् अथवा अन्य देशको ट्रोल बनाएर ट्रंप विवादित बन्ने गरेका थिए। तर नेपाल र भुटानको पक्षमा भने उनले गलत उच्चारण गर्न पुगेको उनको नजिकको श्रोतले बताएको संचार माध्यमहरु बताउछन्। एक श्रोतका अनुसार उनलाई नेपाल र भुटान भारतकोनै अंश भएको लागेको हुनाले पनि  यसो भनेको हुन सक्ने बुझिएको छ।

प्रकाशित : मङ्गलबार, साउन २९, २०७५०८:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु