घर बहाल सम्बन्धि आयो नयाँ कानुन ! अब डेरामा बस्नेलाई राहत मिल्ने !

Leaderboard Banner

काठमाडौँ, भदौ १ गते देखि मुलुकी देवानी (संहिता) ऐन २०७४ लागु हुँदैछ। यस ऐन अनुसार अब घरभेटीले विनाकारण डेरावाल (बहालवाला) लाई हटाउन पाइने छैन। घरभेटीले विनाकारण अथवा डेरावालालाई शुरुमा जानकारी नगराई हटाउँदा धेरैले दुख खेप्नु पर्ने गरेको थियो।

भदौ १ गते देखि भने घरबेटीले अब बहालवालाई घर वा कोठा खाली गर्न कम्तीमा ३५ दिनअघिनै लिखित रुपमा जानकारी गराउनु पर्ने हुन्छ। लिखित जानकारी गराएको ३५ दिन भित्रमा आफ्नो अन्य व्यवस्था गरेर बहालवालाले घर वा कोठा खाली गर्न पाउने छन्।

यस कानुन लागु भएपछि धेरैले राहत महसुस गर्ने बुझिएको छ। यस भन्दा पहिला घरभेटीले बिनाकारण विना सूचना घर अथवा कोठा छोड्न लगाउँदा धेरैले समस्या झेल्नु पर्थ्यो। तर घर भित्र कानुनलोए निषेध गरेको कार्य गरेको खण्डमा, घरको मर्मत गर्नु परेको खण्डमा, साथै घरको अवस्था बंसा लायक नभएको खण्डमा भने घरबेटीले हटाउन पाउने कानुनी प्रावधान रहेको छ।

प्रकाशित : सोमबार, साउन २८, २०७५१७:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दाङका यी ८ बर्षिय बालकको शरीरमा रौं नै रौं, बोक्सोको आरोप लागेपछि खसाए आसु !