राणा प्रम चन्द्रशमशेरका पनाति एवं कांग्रेस नेता राणाको निधन, कुनै काजकिरिया नगरिने

Leaderboard Banner

काठमाडौँ : नेपाली काँग्रेसका पुराना राजनीतिक नेता भरत शमशेरको राणाको निधन भएको छ।

गोरखा परिषद्का संस्थापक अध्यक्ष र १७ सालपछि प्रजातान्त्रिक आन्दोलनका महत्वपूर्ण खम्बा मानिएका भरतशमशेरको आज शनिबार बिहान भारतको कोलकातास्थित आफ्नो निवासमा निधन भएको हो।

निधन पछि उनको शरीर अस्पताललाई दान दिने भएको छ र कुनै काजकिरिया पनि नगरिने भएको छ। उनकै इच्छा अनुरुप यसो गरिएको युवा नेता उदय शमशेर राणाले जानकारी दिए।

उनको परिवारमा उनकी श्रीमति, दुई छोरा र दुई छोरी छन्। परिवारजनले दिएका जानकारी अनुसार उनी लामो समय देखि क्यान्सर र हृदयरोगबाट थलिएका थिए।

भरतशमशेरका भतिजा एवं नेपाली कांग्रेसका युवा नेता उदय शमशेर राणाका अनुसार उनी गए रातिसम्म सक्रिय थिए र खाना खाएर सुतेका थिए।

पहिलो संसद(२०१५ साल)मा नेपाली कांग्रेसपछिको दोस्रो पार्टीको हैसियत कमाएको गोरखा परिषद्का नेताका रुपमा उनी प्रमुख प्रतिपक्षी नेता थिए। उनी प्रतिनिधिसभा धादिङ निर्वाचन क्षेत्रबाट निर्वाचित थिए।

उनी चन्द्र शमशेर राणाका पनाति र शिक्षाविद् मिर्गेन्द्र शमशेरका छोरा हुन्।

२०१७ साल पुस १ गतेको दिन राजा महेन्द्रले संसद विघटन गरी आफ्नो हातमा सत्ता लिएपछि भरतशमशेर निर्वासनमा गए र आफ्नो पार्टीलाई निशर्त नेपाली कांग्रेसमा विलय गरे।

प्रकाशित : शनिबार, साउन २६, २०७५१६:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बिम्स्टेक विशेष बैठक जारी