टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु ! टिपरसहित चालक नियन्त्रणमा !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ, सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको जानकारी दिनुभयो । ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

प्रकाशित : शनिबार, साउन २६, २०७५१२:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

लघुजलविद्युत् आयोजना धमाधम राष्ट्रिय प्रशारणमा !