थाइल्यान्डमा नेपाली युवा टोलीको अर्को हार !

Leaderboard Banner

काठमाडौं– नेपाली युवा टोली (यु २३) ले थाइल्यान्डमा अर्को मैत्रीपूर्ण खेलमा पनि पराजत भोगको छ । थाइल्यान्डको युवा टोलीसँग शुक्रबारको खेल नेपालले ४–० ले गुमाएको हो ।

यअसघ पहिलो अभ्यास खेलमा नेपाली युवा टोली पुलिस टेरोको ‘बी’ टिम सँग १–० ले पराजित भएको थियो । योसँगै इन्डोनेसियाको जाकार्ता र पालेङबाङमा अर्को महिना सुरु हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि नेपालको अभ्यास खेल सकिएको छ ।

नेपालले भदौ २ गतेबाट औपचारिक रुपमा सुरु हुने एसिया र त्यसलगत्तै भदौ १९ बाट बंगलादेशमा सुरु हुने साफ च्याम्प्यिनसिपको तयारीका लागि २७ सदस्यीय फुटबल टोलीलाई थाइल्यान्ड पठाएको थियो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछ ।

एसियाड भदौ २ बाट औपचारिक रुपमा सुरु भएपनि फुटबल भने केहि दिन अगाडिबाट सुरु हुने बताइएइको छ । एसियाडमा नेपालले समूह ‘डी रहेको जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।

प्रकाशित : शुक्रबार, साउन २५, २०७५१८:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बार्सिलोनामा ४ कप्तान, मेस्सी नियमित !