ओली र बंगलादेशका विद्युत्, ऊर्जा र खनिज राज्यमन्त्री बीच भेटवार्ता !

Leaderboard Banner

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका विद्युत्, ऊर्जा र खनिज राज्यमन्त्री नसरुल हमिदबीच दुई देशबीचको आपसी हित, व्यापार तथा वाणिज्यलगायत विषयमा छलफल भएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आगामी भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुर रहेको बताउनुभयो ।
बङ्गलादेशी राज्यमन्त्री हमिदले नेपाल र बंगलादेशको मैत्री सम्बन्धलाई आर्थिक, सामाजिक तथा ऊर्जा सहयोगका माध्यमबाट नयाँ उचाइमा पु¥याउने लक्ष्य राखिएको बताउनुभयो । दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न राज्यमन्त्री नसरुल बिहीबार यहाँ आइपुग्नुभएको हो ।

प्रकाशित : शुक्रबार, साउन २५, २०७५१७:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

स्मार्ट पार्किङ बन्ने पक्का ! पार्किङस्थल निर्माण प्रक्रिया अघि बढ्दै !