अब १८ वर्ष मुनिका महिलासँग सहमतिमै यौन सम्बन्ध राखे पनि बलात्कार ठहर हुने ! यस्तो छ कानुन !

Leaderboard Banner

काठमाडौँ- भदौ १ गतेबाट नयाँ ‘मुलुकी संहिता’लागु हुँदैछ। समाजको परिवर्तनसँग सापेक्षतालाई कानुनले अहिले सम्म पनि सम्बोधन गर्न नसकेको टिप्पणी हुने गरेको भएता पनि नयाँ मुलुकी संहिताले केहि रुपमा भने सम्बोधन हुने आकलन गरिएको छ। यस नयाँ ऐनले नेपाली समाजको परिवार, प्रेम र यौनसम्बन्धको विषयआम रहेका कानुनलाई परिमार्जित ढंगबाट सम्बोधन गर्ने आशा राखिएको छ।

अब आउने भदै १ गते देखि प्रचलित रहेको नेपालमा मुलुकी ऐनको सट्टामा पाँच नयाँ ऐनहरु लागु हुनेछन्। पाँच ऐनहरुमा १. मुलुकी देवानी (संहिता), २. मुलुकी देवानी कार्यविधि (संहिता), ३. मुलुकी अपराध (संहिता), ४. मुलुकी फौजदारी कार्यविधि (संहिता) र, ५. फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन रहेका छन्। यी ऐनहरु लागु भएसँगै परिमार्जित नेपाली समाज अनुसार कानुनतः सम्बोधन हुने आशा राख्न सकिन्छ। अहिले सम्म नेपालमा यौनजन्य अपराधको लागि देवानी र फौजदारी कसुरहरुमा मुलुकी ऐन २०२० अनुसार कारवाही हुँदै आएको थियो।

मुलुकी ऐन २०२० मा जबर्जस्ती करणी, आशय करणी, हाडनाता करणी र पशु करणीका महलहरु रहेकोमा अब भने अपराध संहिता अन्तर्गत करणीसम्बन्धी कसूरमा समाबेश हुनेछन्। अब नयाँ ऐनले पुराना सजायँ र जरिवानालाई थप गर्दै परिमार्जित हुनेछ।

नयाँ ऐन अनुसार १८ वर्ष मुनिका महिलासँग राजीखुशीले यौन सम्बन्ध राखेमा पनि बलात्कार ठहरिनेछ। तर अहिले प्रचलित रहेको कानुनमा भने १६ वर्ष भन्दा मुनिका महिलासँग यौन सम्बन्ध राखेमा बलात्कार ठहरिने प्रावधान रहेकोमा भदै १ गते देखि परिवर्तन हुँदैछ। भदौ १ देखि लागू नयाँ पारिवारिक कानूनमा विवाह गर्न पाउने उमेर हद २० वर्ष तोकेको छ।

प्रकाशित : शुक्रबार, साउन २५, २०७५१४:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सानो उमेरमा पढ्ने रहर अधुरै भएपनि अब पढ्ने धोको पूरा भएकामा दंग छन् आमाहरु !