विप्लवले साउन २९ गते नेपाल बन्द गर्ने ! प्रकाण्ड पक्राउपछि विप्लवले निकाल्यो यस्तो विज्ञप्ति !

Leaderboard Banner

काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना प्रवक्ता पक्रेको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । उसले पूर्वमन्त्रीसमेत रहेका पार्टीका स्थाथी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पक्रेपछि सरकारप्रति आक्रोसित बन्दका कडा कार्यक्रम सार्वजनिक गरेको हो ।

पार्टीले आफ्ना नेता पक्रेको केही घन्टाकै बीचमा एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले नेपाल बन्दसहितका साउन २५ देखि २९ सम्मका विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।

जारी विज्ञप्तिअनुसार साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भन्डाफोर, २८ गते मसाल जुलुस र २९ गते नेपाल बन्दको कार्यक्रम घोषणा पार्टीले गरेको छ ।

उक्त विज्ञप्तिमा विप्लवले काठमाडौंको दक्षिणकालीबाट प्रकाण्डसहित ३ जनालाई प्रहरीले पक्रेको दाबी गरेका छन् ।

विज्ञप्तिमा सरकारको उक्त कदमको भत्र्सना गर्दै आफ्ना नेता तथा कार्यकर्ता रिहा नगरे पार्टी फासीवादी दमनको विरोधमा शसक्त ढंगले उत्रिने चेतावनीसमेत दिइएको छ ।

प्रकाशित : बुधबार, साउन २३, २०७५१६:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जनताको अभिमतबाट आएको सरकार र संसद्को निर्णयलाई न्यायपालिकाले मान्नुपर्ने !