काठमाडाैं : घटना विवरणअनुसार अपहरणकारी भनिएका दुवैजना आरोपी पेसेवर अपराधी होइनन् ।
किनकि, अपहरण र हत्यापछि बालकको शव खाल्डोमा पुरेर उनीहरू आफ्नो डेरामा पुगेका छन् र लुगा धोएर रेलिङमा सुकाएर सुतेका छन् । त्यति मात्र होइन, बालककी आमालाई समेत फोन गरेर फिरौती मागेका छन् । यो खबर आजको ‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।
यति गरिसकेपछि पनि आफ्नै कोठामा सुत्ने उनीहरू अपराधी नै भए पनि पेसेवर होइनन् । तर, प्रहरीले लास देखाउँदा उनीहरूको हातमा पेस्तोल छ ।
प्रहरीलाई फायरिङ गर्दै जंगल-जंगल भागेकाले जवाफी कारबाहीमा मारिएको भनिएको छ ।
गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल छुटेको छैन ।